News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नयाँ वर्षको शुभकामनासँगै हाम्रो प्रण

केही वर्षदेखि सूचना र समाचारका लागि अनलाइन मिडिया लोकप्रिय माध्यम बनेका छन् । नेपालमा अनलाइन मिडियाको सङ्ख्या उल्लेख्य छन् । अनलाइन मिडियाको बाक्लो उपस्थितिमा हामी पनि जोडिएका छौँ । हामी अनलाइन मिडियाको भिडमा सङ्ख्या थप्ने हिसाबले मात्रै आएका होइनौँ । समाचार सम्प्रेषणमा केही पृथक् शैली, केही नयाँपन, सही सूचनासँगै सकारात्मक सामग्री दिने हाम्रो उद्देश्य हो । हाम्रो उद्देश्यमा कटिबद्ध छौँ ।

अनलाइन मिडियाको सूचना सम्प्रेषणमा अपरिर्वतनीय भूमिका छ । यद्यपि अहिले पनि अधिकांश अनलाइन मिडिया नकारात्मक अनि सनसनीपूर्ण हेडलाइन राखेर समाचार बिक्री गरिरहेका छन् । जो गलत हो । सूर्योदयदेखि सूर्यास्तसम्म मथिङ्गल हल्लाइदिने समाचार, तस्बिर हेर्दा पाठकमा नैराश्यता र हीनताबोध बढिरहेको छ । हाम्रो चाहना बिहान चियाको चुस्कीसँगै पाठकले सकारात्मक र केही प्रेरणादायी समाचार हेर्न, पढ्न र सुन्न पाउन भन्ने हो ।

Prabhu Bank

‘बिहानको एउटा सानो सकारात्मक सोचले तपाईंको पूरा दिन परिवर्तन गर्न सक्छ’, विश्व प्रसिद्ध लेखक स्टेफनी सिम्पसनको यो भनाइलाई हामीले पथप्रदर्शकका रूपमा लिएका छौँ । आज (शुक्रबार) २०८० सालको पहिलो दिन । यो वर्ष हामी सबैका लागि नयाँ सोच, जोस र उत्साहको वर्ष बनोस् भन्ने कामना गर्दछौँ । पाठकसँग हाम्रो समाचारको साइनो झन् दह्रो बन्ने विश्वास हामीले लिएका छौँ । पाठक, शुभेच्छुक, सहकर्मीलगायत संसारभर रहेका नेपालीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना । वर्ष २०८० उल्लासमय बनोस् । 

न्यूजगृह नेटवर्क प्रा.ली.परिवार

थापागाउँ, काठमाडौं 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०७:२८
sagarmatha cementsagarmatha cement
Weather Update