आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशीका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार बेलुका पनि कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ०७:१६













