News Griha :: न्यूजगृह
ललिता निवासको सरकारी जग्गा प्रकरणको फैसला आज सुनाउने तयारी

काठमाडौं– विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दाको आज फैसला गर्ने भएको छ ।

बुधबार नै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार धनबहादुर कार्कीले आवश्यक तयारी पूरा गरी बिहीबार फैसला हुने बताए। निरन्तर २२ दिने चलेको बहसपछि अब मुद्दाको फैसला हुन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई २०७६ माघ २२ गते विशेष अदालतमा अभियोग दायर गरेको थियो । यही जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ । 

२९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो । त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँ भन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:५०
Weather Update