कपिलवस्तुमा यात्रुबस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

काठमाडौं— कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार बिहान १ बजे महेन्द्रनगर बाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सु.प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो। मृतकको सनाखत भएको छैन।
दुर्घटनामा ३० जना घाइते छन्। तीमध्ये ९ जनालाई उपचारका लागि बुटवल रेफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ०६:३३













