News Griha :: न्यूजगृह
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– जनताकाे आर्थिक र सामाजिक जीवनमा परिवर्तन ल्याउँछौं

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।

नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताकाे आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाए ।

उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै त्यसका लागि एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरे ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ ।’

उनले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०६:४३
Weather Update