अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ७ जनाको उद्धार
काठमाडौं— अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका कम्तिमा ७ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले उनीहरूलाई रातोपुलबाट उद्धार गरेको स्रोतले बतायो ।
उनीहरूलाई अमेरिका लैजाने भन्दै रकम असुली गरेर नेपालमा ल्याएर अलपत्र पारिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ‘घर नै भाडामा लिएर उनीहरूलाई राखेको पाइएको छ,’ स्रोतले भन्यो, ‘केही नयाँ तथ्यहरू पनि फेला परेका छन् ।’
काठमाडौं प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने तयारी गरेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १९:३६













