News Griha :: न्यूजगृह
विकल र सुनिललाई थप १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति

काठमाडौं— गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।  

म्याद थपका लागि बुधबार विशेष अदालतमा पेस भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए। दुवैजना गत १० माघमा पक्राउ परेका थिए।

यसअघि दुई फरक/फरक भ्रष्टाचार मुद्दामा परेका विकल र सुनिल माथि गैरकानुनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको लगायतका आरोप छन्।   

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:१६
Weather Update