सरकारले सार्वजनिक गर्यो ०८१ का बिदाको सूची, शनिबार मात्रै ५३ वटा

काठमाडौं– सरकारले आगामी वर्ष २०८१ का सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ।
यो सूचीमा ५३ वटा शनिबारसहित विभिन्न बिदा समावेश गरिएको छ। गृहमन्त्रालयले २०८१ को वैशाख १ देखि चैत मसान्तसम्मका सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदाको सूचीलाई राजपत्रमै प्रकाशित गरेको छ।
सूचीमा पर्व बिदा, दिवस बिदा, जन्मजयन्ती बिदासहित सार्वजनिक सेवा प्रवाहसम्बन्धीका व्यवस्था पनि राजपत्रमा उल्लेख गरिएको छ।
गृहमन्त्रालयले तयार पारेको बिदासम्बन्धी व्यवस्थासहितको सूची हेर्नुहोस्
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १२:५१













