News Griha :: न्यूजगृह
माओवादीको विधान सम्मेलनमा आज २ बजे निष्कर्ष पेस गरिने

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ। मंगलबारदेखि काठमाडौंमा जारी पहिलो विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमाथि छलफल भइरहेको छ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक/एक समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। 

मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछ। २ बजे प्रज्ञा प्रतिष्ठानमा हुने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन् । एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १२:२३
Weather Update