राष्ट्रपति पौडेलबाट वसन्तश्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन्।
वसन्त श्रवणसँगै राष्ट्रपतिले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरेका छन्।
वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्ति सहभागी भएका थिए।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १२:१८













