News Griha :: न्यूजगृह
५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ

धनकुटा— साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ५ सय ९४ किलो गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महतो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल छन् । 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मूलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को१ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङ्करलाई जाँच गर्ने क्रममा ट्याङ्करको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा गएराति फेला परेको हो ।   

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ११:२१
Weather Update