लोक सेवाले लिने नासु तथा स्वास्थ्य सेवातर्फ पाँचौँ तहको परीक्षा वैशाख ३१ देखि

काठमाडौं– लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको प्राविधिक तथा स्वास्थ्य सेवा पाँचौँ तहका लागि लिने परीक्षाको सूचना सार्वजनिक गरेको छ।
आयोगले २०८० माघ २४ गते जारी गरेको सूचना अनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको प्राविधिक र स्वास्थ्य सेवा तर्कको खुला तथा समावेशी परीक्षा आगामी वैशाख ३१ देखि सञ्चालन हुने भएको हो।
आयोगका अनुसार परीक्षाको प्रथमपत्र दिनको १ बजे र द्वितीय पत्र दिनको साढे २ बजे सञ्चालन हुनेछ।
आयोगले जारी गरेको सूचना हेर्नुहोस्
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १०:०३













