News Griha :: न्यूजगृह
निमावि शिक्षकका लागि जागिर खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने
सांकेतिक तस्बिर

काठमाडौं– शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ । 

आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ । 

आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन् । जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टलबाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगले जारी गरेको सूचना हेर्नुहोस्

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:४६
Weather Update