माओवादी केन्द्रको विधान अधिवेशन जारी, २० समूहले सुझाव दिने

काठमाडौं– काठमाडौंमा मंगलबारदेखि सुरु भएको सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी छ । सम्मेलनको उद्घाटनपछि मंगलबार विधानबारे छलफल र सुझाव संकलनका लागि २० वटा समूहहरू बनाइएको छ।
ती समूहले औपचारिक र अनौपचारिक दुवैरुपमा छलफल गरिरहेका छन् । बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउने कार्यसूची रहेको छ ।
बुधबार दिउँसो १ बजेसम्म समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने माओवादी केन्द्रका सचिव गणेश साहले जानकारी दिए ।
बिहीबारसम्म चल्ने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् ।
सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय संगठनका पदाधिकारीको सहभागिता छ ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० ०८:०७