News Griha :: न्यूजगृह

काठमाडौं— पूर्वराष्ट्रपति रामवरण यादवले चुनाव अगाडिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै यादवले चुनावपूर्वको गठबन्धनले कांग्रेसलाई घाटा भएको भन्दै चिन्ता जनाएका हुन् ।

उनले भने, ‘प्रीएलाइन्स गरेर गयो भनेर अहिले कति लोकतन्त्रवादीलाई घाटा भएको छ । खास गरेर कांग्रेसलाई घाटा भएको छ ।’

यादवले नेपाली कांग्रेसका पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताए ।

नेपाली कांग्रेसका नेताहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका त्याग र योगदानको बारेमा पछिल्लो पुस्ताका कांग्रेसीहरूलाई प्रशिक्षित गर्नु आवश्यक रहेको यादवको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २२:०३
Weather Update