
आज वसन्त पञ्चमी। सरस्वती देवीको पूजा आराधना गर्ने दिन। विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दा विद्या, बुद्धिका साथै सफलता पाइने धार्मिक विश्वास छ।
त्यसैले आज तपाईं सरस्वतीको पूजा गर्ने योजनामा हुनुहुन्छ भने विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र सरस्वती देवीलाई चढाउँनुपर्छ ।
प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फलफूल चढाउँनु पर्छ ।
त्यसपछि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर दीप प्रज्वलन गर्दै आरती गर्नुपर्छ । पढाइमा मन नलाग्ने विद्यार्थीले देवी सरस्वतीको नित्य पूजन गरे पढाईमा मन लाग्ने विश्वास छ। देवीको प्रतिमाअगाडि उभिएर मन्त्र उच्चारण गर्दा स्मरण शक्ति बढ्छ ।
यस्तो छ सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।
शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।













