News Griha :: न्यूजगृह
दुबई जान लागेकी १९ वर्षीया युवती विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

काठमाडौं– विदेशी मुद्रासहित दुबई जान लागेकी यात्रुसहित दुई जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो। 

उनीहरूलाई थप अनुसन्धानका लागि मंगलबार राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाइएको प्रहरीले जनाएको छ। 

सोमबार काठमाडौंबाट दुबई जान लागेकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ की १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको हो।

ब्यागेज चेकिङको क्रममा सुस्मिताको झोलाबाट विभिन्न दरको एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम फेला परेको थियो। 
लुकाएर बाह्य मुलुकमा लैजान लागेको अनुमानमा प्रहरीले सुस्मितालाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गर्दा ३४ वर्षीय माइला स्याङ्बोले दिएको भन्ने खुलेपछि प्रहरीले विमानस्थल गेटबाट उनलाई पनि पक्राउ गरेको हो। 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:१९
Weather Update