News Griha :: न्यूजगृह
७ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट १ जना पक्राउ

काठमाडौं– पोखराबाट प्रहरीले ७ किलोभन्दा बढी सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट ६ किलोभन्दा बढी चाँदी समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गर्दै आएका ४० वर्षीय सुरजित भौमिकलाई प्रहरीले सुन र चाँदीसहित पक्राउ गरेको हो । 

भौमिकको गहना पसलबाट तस्करीको सुनका गहना बिक्री हुने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा उनको पसलमा स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७८१ ग्राम ९९ मिलिग्राम बरामद भएको कास्की प्रहरीले जानकारी दिएको छ । 

यस्तै, ६ किलो बराबरका चाँदीका गहना समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको पसलबाट नगद ६२ लाख ८१ हजार रूपैयाँ पनि बरामद गरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १६:१८
Weather Update