News Griha :: न्यूजगृह
गृहमन्त्रीले माओवादी नेतालाई भने: शान्ति प्रक्रिया टुंगिएपछि व्यवस्थित रुपले दिवस मनाऔँला 
फाइल तस्बिर

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माओवादी नेता कार्यकर्ताले जनयुद्ध दिवस किन व्यवस्थित नभएको भन्दै प्रश्न गरेका छन्। 

पार्टीको आजदेखि सुरु भएको विधान सम्मेलनको उद्घाटनका क्रममा नेता कार्यकर्ताको प्रश्नको जवाफमा श्रेष्ठले शान्ति प्रक्रिया टुंगिएपछि व्यवस्थित रुपमा दिवस मनाउने पनि बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले जनयुद्ध दिवसको स्मरणमा सार्वजनिक बिदा दिए पनि अदालतको आदेशलाई सम्मान गरेको बताए। सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको गृहमन्त्री श्रेष्ठले बताए। 

श्रेष्ठले शान्ति प्रक्रियालाई पूरा गरेर आगामी दिनमा थप व्यवस्थितरुपमा दिवस मनाउने विश्वास व्यक्त गरेका छन्। जनयुद्ध र जनआन्दोलनको संयोजनबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नेपालको शान्ति प्रक्रिया मौलिकरुपमा पूरा भएको उनको कथन थियो। 

नेपालमा हाल भएको परिवर्तन मौलिकरुपमा अगाडि बढेको, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र समाजवादोउन्मुख लोकतन्त्र संविधानमा लिपिबद्ध भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:०४
Weather Update