News Griha :: न्यूजगृह
रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी समस्या समाधानका उपायसहितको प्रतिवेदन
रास्वपाले तयार पारेको सहकारी र लघुवित्तका समस्या समाधानका उपाय समेटिएको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तानान्तरण गरिँदै। तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीमा देखिएका वर्तमान समस्या हल गर्ने उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। 

सहकारी र लघुवित्तका समस्या समाधानका उपाय समेटिएको प्रतिवेदन रास्वपाले प्रधानमन्त्रीलाई बुझाएको छ। प्रतिवेदनसहित रास्वपा सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोली आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो। 

रास्वपाले सहकारी र लघुवित्तका समस्या समाधानका उपायको अध्ययन गर्न गत महिना कार्यदल नै बनाएको थियो। कार्यदलले विज्ञ र सहकारी पीडितसँग छलफल गरी प्रतिवेदन तयार पारेको रास्वपाले जनाएको छ। 

रास्वपाले तयार पारेको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:१८
Weather Update