राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले बिहीबार नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ २०:१९













