News Griha :: न्यूजगृह
नयाँ वर्षको अवसरमा ज्ञानेन्द्र शाहले भने– विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति युवा पूर्णतया असन्तुष्ट

काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति युवा पूर्णतया असन्तुष्ट देखिएको टिप्पणी गरेका छन् । बिहीबार नयाँ वर्षको अवसरमा वक्तव्य जारी गर्दै उनले असन्तुष्ट देखिएको टिप्पणी गरेका हुन् ।

वक्तव्यमा भनिएको छ,‘युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरूको चरम बिद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’

पूर्वराजा शाहले सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरूको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको बताएका छन् ।

सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवम् परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या बढेको बताएका छन् । 

यस्तो छ वक्तव्य

gyanendra-shah-11681393264.jpg

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १९:२५
Weather Update