News Griha :: न्यूजगृह
४३ जिल्ला न्यायाधीशका लागि आवेदन खुल्यो

काठमाडौं— न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ ।

आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । 

नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ । 

महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी/जनजाति २, मधेशी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको हो । आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म गर्न पाइनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:२०
Weather Update