
काठमाडौं— सभामुख देवराज घिमिरेले अहिलेको संसद्बाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।
नयाँवर्ष २०८० का अवसरमा संघीय संसद् सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनकाे भनाइ छ ।
यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए । दुई महिनामै सरकार परिवर्तन हुँदा निरासा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए ।
‘विधेयकहरू समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् छ । समितिहरू ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरू अघि बढ्न सकेको छैन,’ उनले भने ।













