थपिए १०६ जना कोरोना संक्रमित

काठमाडौं— नेपालमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न जारी गरेको विवरणअनुसार नेपालमा थप १०६ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ५४१ आरटीपीसीआर र ९४७ एन्टिजेन विधिबाट गरी १ हजार ४८८ जनामा परीक्षण गरिएको थियो ।
जसमध्ये आरटीपीआर विधिबाट परीक्षण गर्दा ६४ जना र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको विवरणअनुसार बिहीबार ४३५ जना संक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १८:२१













