News Griha :: न्यूजगृह
प्रधानसेनापति र अष्ट्रेलियाका राजदूतबीच भेटघाट

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र अष्ट्रेलियाका राजदूत फेलीसिटीभोल्कबीचबिहिबार जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:१७
Weather Update