News Griha :: न्यूजगृह
गगन भन्छन्— नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखियो

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकहरू आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताए । थापाले मानिसहरूको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताए ।

उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए ।

‘प्रत्येकको आफ्नो सपना हुन्छ । सपना बोकेर हुर्किरहेको हुन्छ । कसैलाई पनि आफ्नो सपनाको मलामी जान मन लाग्दैन । आफ्नो सपनाको मलामी जानुपर्यो भने मान्छे दिग्दार हुन्छ । मान्छे आक्रोशित हुन्छ र मान्छे वाक्क हुन्छ । अहिले किन अस्थिरता मनमा छ भने मान्छे आफ्नो सपनाको मलामी जानुपर्ने अवस्था आएको छ’, महामन्त्री थापाले भने ।  

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:५४
Weather Update