News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय विमानस्थलहरू पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन 

काठमाडौं— सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो । अध्ययनका लागि पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको हो ।

त्यस्तै वायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगको उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी ५ जनाको समिति तयार गरिएको छ । समितिलाई ४५ दिनको समय अवधि दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:३०
Weather Update