News Griha :: न्यूजगृह
युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन

काठमाडौं— नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । नेपालगन्जमा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनले थेबेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै उपमहासचिव र सचिव सरह वरीयता दिनेगरी विभागीय प्रमुख समेत चयन भएको बताएका थिए ।

उक्त महाधिवेशनबाट अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम उपाध्यक्षमा चयन भएका छन् । 

त्यस्तै महासचिवमा सुमन पुरी, उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा चयन भएका छन् । सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् । 

त्यसैगरी कोषाध्यक्षमा राकेश राई, लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी र सचिवमा कविन बोगटी चयन भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा  दीपेश खड्का, र सचिवमा राजन नेपाली चयन भएका छन् । 

त्यस्तै निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोपाल नेपाली चयन भएका छन् । 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १३:४४
Weather Update