News Griha :: न्यूजगृह
भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादी केन्द्रमा किचलो, निर्णय सच्याउन पार्टीको निर्देशन
खगराज भट्ट

काठमाडौं— नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको विषय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो । 

शुक्रबार बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यसैलाई सच्याउन पार्टीको प्रदेश समितिले निर्देशन दिएको हो ।

null

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:०१
Weather Update