News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डलाई भेट्दै कानुन व्यवसायी 

काठमाडौं— कानुन व्यवसायीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् ।

प्रधानन्यायाधीशको नियुक्तिका लागि दबाब दिन नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनसहितको कानुन व्यवसायीको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न लागेका हुन् ।

नेपाल बार एशोसिएसनले बुधवार पत्रकार सम्मेलन गरी १० दिन भित्र प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएको थियो ।

१० दिनभित्र प्रधानन्यायाधीशको नियुक्ति नभए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी कानुन व्यवसायीले दिइसकेका छन्  ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०९:२५
Weather Update