बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री, कांग्रेसबाट मन्त्री बन्नेमा यी नेताको नाम चर्चामा

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
प्रचण्डले गत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । ठूलो दल नेपाली कांग्रेसले आफ्नो भागमा परेका सीट संख्याअनुसार मन्त्रीहरूको नामावाली नपठाएपछि सरकारले पूर्णता पाउन सकेको थिएन ।
कांग्रेसले मन्त्रीहरूको नाम टुंग्याएपछि प्रधानमन्त्रीले बिहीबार सरकारलाई पूर्णता दिने सम्भावना रहेको जनाइएको छ ।
कांग्रेसबाट मन्त्री बनेहरूमा एनपी साउद (परराष्ट्र), मोहन बस्नेत (स्वास्थ्य), डिकबहादुर लिम्बू (खानेपानी वा वन)
धनराज गुरुङ (कानुन) र सुरेन्द्र आर्चाय (शहरी राज्यमन्त्री) को नाम चर्चामा छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ २२:०७













