प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने

काठमाडौं— नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोडिदिने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगहरूमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । साथै मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैठकको निर्णयसम्बन्धी पत्र बिहीबार ऊर्जा मन्त्रालयबाट प्राप्त भएपछि शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठक बसेको हो।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८० ११:५१













