News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गरि श्रीमान् फरार

विराटनगर— पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् । असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरि श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ ।

 घरायसी विवाद मिलाउन छलफल भइरहेको बेला एक्कासि उनले श्रीमती गोमामाथि आक्रमण गरेका थिए । छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ घाइते भएका छन् । 

दुवैजनाको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुरुम्बाङ फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:००
Weather Update