News Griha :: न्यूजगृह
युवा तथा खेलकुदमन्त्री लिम्बुलाई पत्नी वियोग

मोरङ— युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु मातृशोकको केही महिना नबित्दै पत्नी वियोगमा परेका छन् । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति मृत्यु भएको हो । 

लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको मोरङस्थित घरैमा मृत्यु भएको हो । उनको शुक्रबार बिहान १० बजे लेटाङ–६ स्थित गुवाबारी घाटमा दाहसंस्कार गरिने कांग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । 

लिम्बुका १ छोरी र १ छोरा छन् । मन्त्री लिम्बुले केही महिनाअघि मात्रै आमा गुमाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०९:२२
Weather Update