News Griha :: न्यूजगृह
खाद्य तथा व्यापार कम्पनीले माग्यो ६० जना कर्मचारी, कसरी दिने आवेदन? [जानकारीसहित]

काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदका लागि ६० जना कर्मचारी माग गरेको छ ।

कम्पनीले नवौँ देखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति गर्नका लागि शुक्रबार दरखास्त आह्वान गर्दै सूचना निकालेको हो ।

जनअनुसार ६ जना सहविभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक/एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत,  प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक,  प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरिङतर्फ वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ ।  

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर पदअनुसार फरक/फरक निर्धारण गरिएको छ ।

सूचनाः

१-1705023116.jpg

२-1705023116.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ०८:३२
Weather Update