
काठमाडौं— तराईका अधिकांश स्थानमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा प्रभाव पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
न्यून भिजिबिलिटी हुने भएकाले सवारी साधन चलाउन समस्या हुने गरेको छ । बिहानको समयमा हवाई उडान तथा अवतरण न्यून भिजिबिलिटी हुँदा प्रभावित हुने पनि विभागले अनुमान गरेको छ ।
विभागले चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन आग्रह गरेको छ । आज बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।