News Griha :: न्यूजगृह
बम्जनलाई महोत्तरी कारागार लगियो

काठमाडौं— अनुयायीलाई यौन हिंसा गरेको आरोपमा थुनामा पठाउन आदेश दिइएका रामबहादुर बम्जनलाई महोत्तरी कारागार लगिएको छ । 

बिहीबार जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि थुनामा पठाउन आदेश दिएको थियो। अदालतको आदेशपछि उनलाई जिल्ला कारागार महोत्तरी लगिएको हो । 

सर्लाही जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो । बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार राति काठमाडौंको हात्तीगौँडा बाट पक्राउ गरेको थियो। 

बुधबार मध्यराति उनलाई सर्लाही पुर्‍याइएको थियो । सर्लाही पुर्‍याइएका उनलाई बिहीबार अदालतमा पेस गरेको थियो । बाल यौन दुराचारको आरोप लागेका बम्जनको बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि अदालतले बम्जनलाई थुनामा पठाएको हो । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २१:०८
Weather Update