News Griha :: न्यूजगृह
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

काठमाडौं— रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यु भएको छ ।

रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका- ४ का सोनु सुनारको मृत्यु भएको हो ।प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले सुनारको रुस युक्रेन युद्धमा परी मृत्यु भएको खबर आएको जानकारी दिए ।

रोजगारीको सिलसिलामा कतार पुगेका सुनार उतैबाट दुई महिना गरी रुस गएर त्यहाँको सेनामा भर्ना भएका थिए । दुई साताअघि नै सुनारको युद्धमा परी मृत्यु भएको र हिजोमात्रै सुनारको मृत्युको खबर प्राप्त भएको छिमेकी खगेश्वर थापाले बताए । उनीसँगै घाइते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यु भएको खबर परिवारलाई दिएको थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १९:१२
Weather Update