रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं— अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
जिल्ला अदालत सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साँझ बम्जनलाई हात्तीगौंडाबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १७:४५