
काठमाडौं— मंगलबार हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जहाजबाट जनकपुर हुँदै सर्लाही लैजाने भएको छ ।
सीआईबीले पत्रकारहरूमाझ सार्वजनिक गर्दै अब उनीविरुद्धको मुद्दा जिल्ला अदालत सर्लाहीमा अघि बढ्ने जनाएको छ ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बम्जनलाई बुधबार नै जहाजमार्फत जनकपुर पुर्याएर त्यहाँबाट गाडीमा सर्लाही लगिने बताए ।
२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी एकजनालाई बलात्कार गरेको आरोप बम्जनमाथि लागेको छ ।
तिनै पीडितको जाहेरीका आधारमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ। त्यही मुद्दाका प्रतिवादी उनीविरुद्ध अब सर्लाहीमा अनुसन्धान अघि बढ्नेछ ।
आनीसँग यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ । बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी निरन्तर फरार थिए ।













