बलात्कारी सन्दीपविरुद्ध सजाय निर्धारण गर्न बहस जारी

काठमाडौं— बलात्कारी सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो ।
बहस सकिएपछि न्यायाधीश ढकालले लामिछानेलाई हुने सजाय तोक्नेछन् । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।
सरकारी वकिलले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १४:४०













