बम्जन ५ करोडको ल्यान्ड क्रुजर किन्ने तयारीमा थिए, ३ करोड बुझाइ पनि सकेका थिए

काठमाडौं— रामबहादुर बम्जनले ल्यान्ड क्रुजर एक्सएल गाडी खरिद गर्न लागेको पाइएको छ ।
गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ ।
५ मध्ये ३ करोड रुपैयाँ बुझाइसकिएको पाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
आफूलाई ’लिटल बुद्ध’ दाबी गर्ने बम्जन मंगलबार साँझ पक्राउ परेका हुन् । उनी ५ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १४:१४