News Griha :: न्यूजगृह
बम्जन पक्राउ गर्न सीआईबीको ‘अपरेसन ब्लु’ 

काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ ।

मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरि सीआईबीले सार्वजनिक गरेको हो । 

 पत्रकार सम्मलेनमा सीआईबीका एसएसपी दिनेश आचार्यले बम्जनको आश्रमबाट ४ अनुयायी बेपत्ता भएको जानकारी दिए। उनीहरु विभिन्न मितिमा बम्जनको आश्रमबाट हराएको उजुरी प्राप्त भएको उनको भनाई छ ।

व्यक्ति बेपत्ता, बाल यौन दुराचार लगायत आरोपमा सीआईबीले बम्जनलाई हात्तीगौंडा बाट पक्राउ गरेको हो । सीआईबीले उनलाई पक्राउ गर्न  ‘अपरेसन ब्लु’ चलाएको थियो । बम्जन विगत २ महिनादेखि हात्तीगौंडामा परिवारसँग रहेको उनले बताए । 

बमजनको निवासबाट ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र ३० लाख भन्दा बढी नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ। 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:०७
Weather Update