News Griha :: न्यूजगृह
तनहुँ जीप दुर्घटनामा दुई जनाको मृत्यु [अपडेट]

काठमाडौं— तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जीप दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका– २ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो ।

जीप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको थियो । घाइते अवस्थामा  दुवै जनालाई उपचारका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा १० जना घाइते छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:२३
Weather Update