News Griha :: न्यूजगृह
नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जनाको सरुवा, को कहाँ? [सूचीसहित]

काठमाडौं—  न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को मङ्गलबारको बैठकले नवनियुक्त न्यायाधीशको पदस्थापनका साथै ८२ न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको हो । 

न्याय परिषद्को सिफारिसअनुसार प्रधानन्यायाधीशले ती न्यायाधीशहरूलाई कार्यक्षेत्रमा पठाउनेछन् ।

न्याय परिषद्को निर्णयअनुसार, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासिनी, हेमन्त रावल, दुर्गाप्रसाद ढुंगेल, डिल्लीरत्न श्रेष्ठ, टीकाराम आचार्य र विदुर कोइराला पाटन उच्च अदालतमा परेका छन् ।

राजेन्द्र अधिकारी, केशवप्रसाद बास्तोला, सूर्यनाथप्रकाश अधिकारी, कृपासुर कार्की, रमादेवी पराजुली र नरेशकुमार चौधरी उच्च अदालत विराटनगर तोकिएका छन् । यस्तै पूर्णेश्वरप्रसाद उपाध्याय धनकुटा र सरला मोक्तानलाई ओखलढुंगा खटाइँदै छ । 

वसन्तराज पौडेल तुल्सीपुर उच्च अदालतको नेपालगन्ज इजलास, जयानन्द पनेरू, विष्णुप्रसाद अर्याल, सूर्यप्रसाद पराजुली र तेजेन्द्रप्रसाद शर्मा बुटवल इजलास जाने भएका छन् ।

ओमप्रसाद अर्याल, ध्रुवकुमार पिया, खेमराज भट्ट, मात्रिकाप्रसाद भण्डारी र नरबहादुर खड्का जनकपुरमा खटिँदै छन् । भरत लम्साल, नेत्रप्रकाश आचार्य, हरिप्रसाद जोशी वीरगन्ज, कृष्णप्रसाद सुवेदी, नारायणप्रसाद सुवेदी र कोशलचन्द्र सुवेदी राजविराजमा हुनेछन् ।  

खडकबहादुर केसीलाई र कैलाश गुरुङका लागि जुम्ला तोकिएको छ। उमेश कोइराला पोखरा, अस्मिनकुमार राई दीपायल, सानुमाया डंगोल हेटौँडा र माधव धिताल सुर्खेत तोकिएका छन् । 

मङ्गलबारदेखि राष्ट्रिय न्यायिक प्रतिष्ठानले नवनियुक्त न्यायाधीशहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । माघ १२ सम्म यो कार्यक्रम चल्नेछ । त्यसपछि उनीहरू कार्यक्षेत्रमा खटिनेछन् ।

यस्तै न्याय परिषद्को मङ्गलबार कै बैठकले ८२ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालत जनकपुर अन्तर्गत वीरगन्ज इजलासमा कार्यरत न्यायाधीश राजेशकुमार काफ्ले इलाम सरुवा भएका छन् । यस्तै ८१ वटा जिल्ला न्यायाधीशको पनि कार्यक्षेत्र हेरफेर गरिएको छ ।

हेर्नुहोस् नवनियुक्त र सरुवा भएका न्यायाधीशको सूची

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २२:१३
Weather Update