News Griha :: न्यूजगृह
१६ डीआईजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिए

काठमाडौं— गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक डीआईजीको सरुवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।

एक वर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:१८
Weather Update