उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् ।
मंगलबारबाट सुरु भएको साधारणसभा बाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने बुधबार मतदान सुरु भएको हो ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र साङ्घाईको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १०:०५













