News Griha :: न्यूजगृह
आजको मौसम : तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं—जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०६:२६
Weather Update