अडिओ प्रकरण
ढाकाकुमार बारे निर्णय लिँदै रास्वपा, रवि भन्छन् कोर टीमको संलग्नता देखिए पनि छोड्दिन

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग घुस मागेको बारेमा बुधबार निर्णय लिदैछ ।
श्रेष्ठले व्यवसायी प्रसाईँसँग मन्त्री हुनका लागि पार्टी दुई करोड माग गरेको अडिओ आइतबार सार्वजनिक भएपछि रास्वपाले मंगलबार पनि छलफल गरेको थियो । तर निर्णय भने लिन सकेन ।
केन्द्रीय समितिको बैठक बोलाएर बुधबार निर्णय लिइने रास्वपा रवि सभापति लामिछानेले बताए ।
अडिओमा उल्लेख भएका व्यक्तिहरू आफू वरपरका भए पनि उनीहरूमाथिसमेत कारबाही हुने उनले प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०५:५९